|
:: समाचार सार ::
|
Main News
प्रधानमन्त्रीमा माधव नेपाल निर्विरोध
Sunday, 24-May-2009 पोखरा आवाज
काठमाडौ“, ९ जेठ । व्यवस्थापिका संसदमा रहेका ६ सय १ सदस्य मध्ये ३ सय ५५ सांसदको साथ र र्समर्थन पछि नेकपा एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री बन्नु भएको छ । संविधान सभामा रहेका २५ मध्ये २२ दलले उहाँलाई र्समर्थन गरेका हुन् ।
प्रधानमन्त्रीका लागि एक मात्र उमेद्वारी मनोनयन भएपछि ब्यवस्थापिका संसादको शनिबारबको बैठकमा सभाध्यक्ष सुवास नेम्वाङले माधव नेपाललाई निर्विरोध प्रधानमन्त्रीमा नियुक्त भएको घोषणा गर्नु भएको थियो ।
यद्यपि माओवादी, नेपाल जनता दल र नेकपा एकिकृतले भने संविधान सभा बैठक बहिस्कार गरे । नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा प्रस्तावक रहनु भएको मनोनयनमा एमाले अध्यक्ष झलनाथ खनाल सहित २२ दलले र्समर्थन गरेका थिए ।
विस्तृत... -----------------------------------------------------------------------
|
National News
टर्यो दर्ुघटना
Sunday, 24-May-2009 पोखरा, ९ जेठ -पोआ) । त्रिभुवन विमानस्थलमा शनिबार बिहान साँढे पाँच बजे मनाङ एयरको हेलिकोप्टर र यति एयरलाइन्सको जहाज ठोक्किँदा जहाजको पुच्छरमा क्षति पुगेको छ । मनाङ एयरको हेलिकोप्टर एकाबिहानै यात्रु लिनका लागि लुक्ला गए पनि बाटोबाटै फर्केको थियो । -बाँकी ४ पेजमा)
विमानस्थलमा अवतरणको व|mममा हेलिकोप्टरले यति एयरलाइन्सको जेट विमानको पुच्छरमा ठक्कर दिएको हो। त्यसैगरी, जोमसोमबाट पोखरा विमानस्थलमा अवतरण हुने व|mममा सिता एयरको विमानमा समस्या देखिएपछि आपतकालीन अवतरण गर्नु परेको छ । जहाजको हाइड्रोलिक प्रेसरमा समस्या उत्पन्न भएको थियो। सिता एयरका अनुसार विमानमा ११ जना नेपाली, २ जना विदेशी र एकजना परिचारिकासहित तीन जना उडान अधिकारी संलग्न थिए । हाइड्रोलिक ब्रेक नलागेपछि म्यनुअल ब्रेक लगाइएको जनाइएको छ । सबै यात्रु सकुशल रहेका छन् ।
विस्तृत... -----------------------------------------------------------------------
|
Pokhara News
प्ररायुसंघको जिल्ला सम्मेलन
Sunday, 24-May-2009 पोखरा, ९ जेठ -पोआ) । प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको आठौं जिल्ला सम्मेलन शनिबार आयोजना गरियो । सम्मेलनमा एमालेका बैकल्पिक पोलिटब्युरो सदस्य खगराज अधिकारीले माओवादीको आफ्नै कारणले सरकार ढलेको र उसको चरित्र द्धैध भएको बताउनु भयो । अधिकारीले माओवादीले नागरिक सर्वोच्चताको नाउँमा राष्ट्रपतिलाई विवादमा तानेको र देशलाई माओवादीकरण गर्न लागेको बताउनु भयो । सम्मेलनमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघका केन्द्रीय सचिवालय सदस्य एवं गण्डकी अञ्चल इन्चार्ज राजीव पहारीले हरेक परिवर्तनका निर्ण्ाायक शक्ति युवाहरुलाई राज्यले उपेक्षा गर्न नहुने बताउनु भयो । माओवादीको ज्यादती बढ्दै गएको बताउँदै उहाँले त्यसको संघले कडा रुपमा प्रतिकार गर्ने समेत बताउनु भयो । विस्तृत... -----------------------------------------------------------------------
|
National News
चर्चमा विस्फोट, दर्ुइको मृत्य
Sunday, 24-May-2009 पोखरा आवाज
ललितपुर, ९ जेठ । ललितपुरको धोवीघाटस्थित यजम्सन चर्चमा शनिबार बिहान भएको बिस्फोटमा एक महिलाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले बताएको छ ।
ललितपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केदारमानसिंह भण्डारीका अनुसार विस्फोटबारे प्रारम्भिक अनुसन्धानबाट ३० देखि ३५ वर्षी मङ्गोलियन अनुहार र गोरो वर्ण्र्ााएकी एक महिलाको संलग्नता रहेको हुन सक्ने देखिएको छ । ती महिलाले बिहान चर्चमा आएर एकछिन बसेर आफूसँग भएको ब्याग भित्रै छोडेर एकैछिनमा आउँछु भन्दै बाहिरिएको पाँच मिनेटपछि सो ब्यागमा रहेको विस्फोटक पदार्थ विस्फोट भएको अनुसन्धानका क्रममा देखिएको उपरीक्षक भण्डारीले जानकारी दिनुभयो । विस्तृत... -----------------------------------------------------------------------
|
Pokhara News
सभासद परियारद्वारा तालिमका लागि साठी हजार प्रदान
Sunday, 24-May-2009 पोखरा आवाज
पोखरा, ९ जेठ । नेपाली काँग्रेसकी सांसद कृष्ण कुमारी परियारले सांसद कोषबाट विभिन्न तालिम सञ्चालनका लागि साठी हजार प्रदान गर्नुभएको छ ।
शनिवार पोखरा -१८ मा अवस्थित समाज सुधार आमा समूह र देउराली परियार समाजको संयुक्त रुपमा आयोजना गरिएको ३ दिने मैनबत्ती कार्यक्रम र १ महिने सिलाई कर्टाई तालिमको सुभारम्भ कार्यक्रममा सो कुराको जानकारी गराइएको हो ।
तालिमको उद्घाटन प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय प्रशासक रुद्रकुमार श्रेष्ठले पानसमा द्वीप प्रज्वलन गरी गर्नुभएको थियो ।
विस्तृत... -----------------------------------------------------------------------
|
Pokhara News
रोयल सहकारीको बाषिर्कोत्वसव
Sunday, 24-May-2009 पोखरा आवाज
पोखरा, ९ जेठ । पोखरा रोयल सहकारी संस्थ्ााको ८औं वाषिर्कोत्सव शनिबार सम्पन्न भएको छ ।
वाषिर्कोत्समा सहकारी समाचार नामक पत्रिकाको सहकारी प्रशिक्षण एवम् डिभिजन कार्यालय कास्कीका प्राचार्य र्सर्ुयप्रसाद भण्डारीले बिमोचन गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष तुलसीप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कास्की वचत तथा ऋण सहकारी संघका सचिव रविरमण तिवारी, लेखा समिति संयोजक केशवप्रसाद ढकाल, संस्थाका उपाध्यक्ष गणेशकुमार प्रधान सदस्य लक्ष्मण कार्की, हनिफ मियाँ लगाएतले बोल्नु भएको थियो ।
सभामा संस्थाका प्रवन्ध संचालक भीम गुरुङले बाषिर्क प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
विस्तृत... -----------------------------------------------------------------------
|
Pokhara News
गण्डकी साहित्य पुरस्कार खनाललाई
Sunday, 24-May-2009 पोखरा आवाज
पोखरा, ९ जेठ । गण्डकी साहित्य पुरस्कारबाट यसबर्षलेखक तथा प्रध्यापक कुलप्रसाद खनाललाई सम्मान गरिएको छ ।
गण्डकी साहित्य संगमले शुक्रबार ८०औं गोकुल जयन्तीको अवसर पारेर खनाललाई उक्त पुरस्कारले सम्मान गरेको हो । २०५० सालबाट पुरस्कार दिनु सुरु गरिएको यस संगमबाट यसअघि भवानी पाण्डे, नुमराज बराल, केदार शर्मा, दिल सहानी, भेषराज आचार्य र कुलबहादुर के.सी.लाई सम्मान गरिएको थियो ।
दर्ुइबर्षो अन्तरालमा प्रदान गरिने उक्त सम्मान कार्यक्रममा डा. श्रीनाथ अधिकारीले गोकुल जोशी साहित्य तथा विकासप्रेमी भएका र उनको प्रगतिशिलतालाई कदर गर्दै यो पुरस्कारको स्थापना गरिएको बताउनुभएको थियो ।
विस्तृत... -----------------------------------------------------------------------
|
Pokhara News
सिद्धेश्वर महिला समूहले सिलाई बुनाई तालिम दिने
Sunday, 24-May-2009 पोखरा, ९ जेठ -पोआ) । सिद्धेश्वर आमा समूह फूलवारीको आयोजनामा जेठ २० गतेदेखि सिलाई बुनाई तालिम शुभारम्भ हुने भएको छ ।
उक्त कार्यक्रमको शनिबार उद्घाटन गर्दै प्रमुख अतिथि फूलवारी युवा क्लबका निर्-बर्तमान अध्यक्ष कृष्णप्रसाद पौडेलले महिलाहरुको चौतर्फी विकास गर्न यस महिला समूहले उल्लेख्य भूमिका निर्वाह गरेको बताउनुभयो ।
समूहका अध्यक्ष रेखादेवी बाँस्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव कल्पना बाँस्तोला, सल्लाहकार रामकृष्ण बास्तोला ँगोर्खाली’, पर्ूव उपाध्यक्ष विद्या बाँस्तोला लगाएतले उद्घाटन कार्यक्रममा बोल्नुभएको थियो ।
समूहद्वारा आफ्नै कार्यालयमा दिइने तालिममा साधारण र स्पेशल गरि ६० जना महिला सहभागि हुने कार्यक्रमका सहयोगी शिवप्रसाद बास्तोलाले जानकारी दिनुभएको
थियो ।
विस्तृत... -----------------------------------------------------------------------
|
Pokhara News
चरा जस्तै उड्ने रहर भए.......
Sunday, 24-May-2009 खरा आवाज
पोखरा, ९ जेठ । तपाई दिनदिनै नयाँ मानिस भेट्न चाहनु हुन्छ - उनीहरुलाई सत्कार गर्न चाहनु हुन्छ - आकासमा चरा झै उडेर रमाउन चाहनुहुन्छ - यदि तपाई ँअ’ भन्न चाहनु हुन्छ भने सोच्नुस एअर होस्टेसको जागिर तपाईका लागि सुनोलो मौका बन्न सक्छ ।
पोखरामा तपाईलाई एअर होस्टेसको तालिम लिने मौका जुर्टाईदिएको छ महेन्द्रपुल स्थित ँइन्ष्िटच्युट अफ एअर होस्टेस एण्ड ल्याङग्वेज सेण्टर’ ले । एअर होस्टेस बन्न चाहनेहरुको सपनालाई साकार पार्न यो संस्था तीन महिना अघि स्थापना भएको हो जसको म्यानेजिङ डिरेक्टर छिन् सृजना गुरुङ ।
विस्तृत... -----------------------------------------------------------------------
|
Pokhara News
नेपाल टेलिकममा प्रशिक्षण कार्यक्रम
Sunday, 24-May-2009 पोखरा आवाज
पोखरा, ९ जेठ । नेपाल दूर संचार कर्मचारी क्षेत्रीय समिति भैरहवाको आयोजनामा पोखरामा ट्रेड युनियनको विकास र विस्तारका लागि गण्डकी धवलागिरी र लुम्बिनी अञ्चलनमा कार्यरत विभिन्न इकाई र क्षेत्रीय समितिका अगुवा नेताहरुका बीच प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
उक्त प्रशिक्षण कार्यक्रम एफएचआईका पश्चिमञ्चल क्षेत्रका कार्यक्रम प्रमुख सुजन पण्डितबाट तनाव व्यवस्थापन, सकारात्मक सोच तथा नेतृत्व सम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो । विस्तृत... -----------------------------------------------------------------------
|
Pokhara News
महिला अधिकारलाई प्राथमिकतामा राख्न आग्रह
Sunday, 24-May-2009 पोखरा आवाज
पोखरा, ९ जेठ । राजनैतिक पार्टर्ीीे पार्टर्ीी धारणा भन्दा पनि महिलाको धारणालाई प्राथमिकता दिएर अघि बढ्नर्ुपर्ने शनिबार पोखरामा आयोजित एक कार्यक्रममा महिलाहरुले जोड दिएका छन् ।
अन्तरपार्टर्ीीहिला सञ्जाल कास्कीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागी महिलाहरुले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै अखिल नेपाल महिला संघकी मित्रकुमारी सुवेदीले भन्नुभयो ँसञ्जाल भित्रका महिलाहरु जुनसुकै पार्टर्ीीत्र आवद्ध भए तापनि महिलाहरुको सवालमा एउटै आवाज हुनर्ुपर्दछ ।’ उहाँले राजनैतिक पार्टर्ीीत्र पनि राजनैतिक हिंसा हुने गरेको बताउँदै त्यसको अन्त्यका लागि महिलाहरुलाई एकजुट हुन आग्रह गर्नुभयो । त्यसैगरी नेपाल महिला संघकी केन्द्रीय सचिव शारदा पौडेलले छोरीलाई पनि छोरा सरहको वातावरणमा हर्ुकाउँदै लगिनर्ुपर्ने र आत्म निर्भर र सक्षम छोरीले भोलिको राष्ट्र हाँक्न सक्ने धारणा राख्नुभयो ।
विस्तृत... -----------------------------------------------------------------------
|
Editorial
हामी जे चाहदैनांै त्यही भइरहेछ
Sunday, 24-May-2009 शनिबार काठमाडौंको एउटा चर्चमा बिस्फोट भएको छ । चर्च इर्साई धर्माबलम्बीको आस्थाको केन्द्र हो । भगवान येशु ख्रिष्टको आराधनाका लागि जम्मा भएका इर्साईलाई लक्षित गरेर जुन बिस्फोट भयो त्यो ज्यादै निन्दनीय छ ।
नेपाललाई अन्तरिम संविधानले नै धर्म निरपेक्ष राज्य बनाएको छ । धर्म कसैको ठेकेदारी होइन न त बिर्ता नै हो । अर्ध भनेको आचरण हो जसले सत्मार्गतिर मात्र डोर्याउँछ । नेपालको सर्न्दर्भमा कुरा गर्ने हो भने हरेक धर्ममा एक कालका ठेकेदार छन् जसले धर्मलाई कमाई खाने भाँडो बनाएका छन् । तिनै धार्मिक ठेकेदारका कारण नै नेपालमा जातीय र धार्मिक भड्खालोमा पर्ला कि भन्ने चिन्ता छ । विस्तृत... -----------------------------------------------------------------------
|
Photos
महायज्ञमा सिक्कादान ः तनहु“ दुलेगौडामा पञ्चमूनिदेव माविलाई विज्ञान संकायको दश जोड दुइ कक्षा सञ्चालन गर्न आयोजित महायज्ञमा तुलादान गर्दै स्थानीय एक वृद्ध र उनका परिवार । दीनवन्धु पोखरेल वाचक रहनुभएको सो महायज्ञमा बुधबारसम्म ८० लाख बढी संकलन भएको अर्थ समितिका संयोजक कृष्ण पण्डितले बताए । महायज्ञ बिहीबारसम्म चल्नेछ ।
महायज्ञमा सिक्कादान ः तनहु“ दुलेगौडामा पञ्चमूनिदेव माविलाई विज्ञान संकायको दश जोड दुइ कक्षा सञ्चालन गर्न आयोजित महायज्ञमा तुलादान गर्दै स्थानीय एक वृद्ध र उनका परिवार । दीनवन्धु पोखरेल वाचक रहनुभएको सो महायज्ञमा बुधबारसम्म ८० लाख बढी संकलन भएको अर्थ समितिका संयोजक कृष्ण पण्डितले बताए । महायज्ञ बिहीबारसम्म चल्नेछ ।
Thursday, 21-May-2009 महायज्ञमा सिक्कादान ः तनहु“ दुलेगौडामा पञ्चमूनिदेव माविलाई विज्ञान संकायको दश जोड दुइ कक्षा सञ्चालन गर्न आयोजित महायज्ञमा तुलादान गर्दै स्थानीय एक वृद्ध र उनका परिवार । दीनवन्धु पोखरेल वाचक रहनुभएको सो महायज्ञमा बुधबारसम्म ८० लाख बढी संकलन भएको अर्थ समितिका संयोजक कृष्ण पण्डितले बताए । महायज्ञ बिहीबारसम्म चल्नेछ । विस्तृत... -----------------------------------------------------------------------
|
Main News
माओवादीले संसद चल्न दिने
Thursday, 21-May-2009 पोखरा आवाज
काठमाडौ“, ६ जेठ । काम चलाउ प्रधानमन्त्री पुष्पकमल दाहालले लामो समयदेखि अवरुद्ध व्यवस्थापिका-संसद बिहीबारबाट सुचारु हुने जानकारी दिनुभएको छ ।
नागरिक समाजका अगुवा डा.देवेन्द्रराज पाण्डेलाई भेट गर्न विशालनगर स्थित पाण्डे निवास पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले व्यवस्थापिका-संसदको बिहीबारको बैठकमा आफूले कामचलाउ प्रधानमन्त्रीका हैसियतले आफ्ना भनाईहरू राखेर अवरुद्ध संसद सुचारु गर्न ढोका खोलिदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँको प्रतिवद्धतापछि नयाँ सरकार गठनको मार्ग प्रशस्त हुनेछ ।
एमाले नेता माधवकुमार नेपाल बहुमत पुर्याई सरकार गठनको लागि तम्तयार रहेपनि माओवादीका अवरोधका कारण सरकार गठनमा ढिलाई भएको हो ।
प्रधानमन्त्रीले संसद सुचारु भएपछि नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त हुने बताउनुभएको नागरिक समाजका अगुवा पाण्डेले जानकारी दिनुभयो । भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टर्ीीर्mबाट व्यवस्थापिका-संसद सचिवालयका महासचिवको कार्यालयमा बुधबार दर्ता गरिएको सङ्कल्प प्रस्ताव संसदमा प्रवेश गर्राई छलफलमा ल्याउन दबाब सिर्जना गर्न नागरिक समाजसमक्ष अनुरोध गर्नुभएको थियो । विस्तृत... -----------------------------------------------------------------------
|
National News
नेपालमा स्वाइन फ्लु नभेटिएको स्पष्ट
Thursday, 21-May-2009 पोखरा आवाज
काठमाडौं, ६ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालबाट गएका पर्यटकहरूमा चीनस्थित नाका खासामा इन्फ्लुएन्जा -स्वाइन फ्लु) नभेटिएको स्पष्ट पारेको छ । शङ्कास्पद बिरामीबाट लिइएको नमुनाको बेइजिङमा परीक्षण गर्दा नयाँ खालको इन्फ्लुएन्जा नभेटिएको मन्त्रालयले स्पष्ट पारेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरिराजमणि पोखरेलले बुधबार प्रेस विज्ञप्ति प्रकाशित गरी अनुमानित कुरालाई आधिकारिक समाचार नबनाउन र समाचार प्रकाशन तथा प्रसारण गर्दा आधिकारिक निकायबाट सत्यतथ्य बुझेरमात्र प्रसारण गर्न आहृवान गर्नुभएको छ । केही सञ्चारमाध्यमले नेपालबाट गएका पर्यटकहरूमा चीनस्थित नाका खासामा इन्फ्लुएन्जा भेटिएको समाचार बाहिर ल्याएका थिए । विस्तृत... -----------------------------------------------------------------------
|